भरतपुरमा मतगणना स्थगित, आफूहरूलाई हराउन खोजेको एमालेको आरोप

नेपालभ्युज

भरतपुरमा मतगणना स्थगित, आफूहरूलाई हराउन खोजेको एमालेको आरोप

चितवन । भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ। २ नम्बर नम्बर वडामा मतगणना भइरहँदा विवाद भएपछि स्थगित भएको हो।

मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले बदर गरेपछि विवाद उत्पन्न हुँदा मतदान रोकिएको हो।

सूर्य चिह्नमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले मत बदर गरेका थिए। त्यसपछि एमालेले राज्य शक्तिको दुरुपयोग गर्दै एमालेलाई हराउन खोजेको आरोप लगाएको छ।

एमालेले उक्त मतपत्रलाई सदर नगरेसम्म मतदानमा सहभागी नहुनेभन्दै बहिस्कार गर्ने चेतावनी दिएको छ। एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved