बाग्लुङको ताराखोला गाउँपालिकामा गठबन्धन विजयी

अध्यक्षमा नेकपा माओवादी केन्द्रका धनबहादुर विक विजयी भएका छन्।

नेपालभ्युज

बाग्लुङको ताराखोला गाउँपालिकामा गठबन्धन विजयी

काठमाडौंँ। बाग्लुङको ताराखोला गाउँपालिकाको गठबन्धनका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका धनबहादुर विक विजयी भएका छन्।

अध्यक्षमा निर्वाचित विकले २ हजार २८५ मत ल्याए। विकविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रकै प्रकाश घर्तीले २ हजार ९० मत प्राप्त गरे।

उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भीमबहादुर रोकाले ३ हजार ४०३ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका थममाया घर्तीले ६६१ मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved