गोरखाको पालुङटार १ मा जसपाको प्यानल नै विजयी

नेपालभ्युज

गोरखाको पालुङटार १ मा जसपाको प्यानल नै विजयी

गोरखा । पालुङटार नगरपालिकाको वडा नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) को प्यानल नै विजयी भएको छ।

उक्त वडामा खसेको कुल १ हजार ९१० मतमध्ये ६४८ मत ल्याउँदै जसपाका उम्मेदवार कृष्णबहादुर परियार विजयी भएका छन्। उनका प्रत्यासी नेपाली कांग्रेसका रेशमबहादुर थापाले ५०८ मत पाए भने माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र श्रेष्ठले ३७० मत ल्याएका छन्।

यस्तै गोरखा नगरपालिका २ मा भने कांग्रेसको प्यानल नै विजयी भएको छ। ५७६ मत ल्याउँदै रहम तुल्ला मिया वडाध्यक्षमा निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बानियाँले ४१४ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका जियाउर रहमान मियाले २९२ मत ल्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved