सर्लाहीको मलंगवा नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका यादव विजयी

नेपालभ्युज

सर्लाहीको मलंगवा नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका यादव विजयी

जनकपुरधाम। सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवल किशोर यादव विजयी भएका छन्।

मतगणनामा सहभागी स्रोतका अनुसार ४५ वर्षीय नवलकिशोर ४२३ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक अन्तिम मतपरिणाम भने आउन बाँकी छ। यहाँ वडाध्यक्षको उम्मेदवारमा दुईजना मात्र थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved