चितवनको माडीमा एमालेको अग्रता

नेपालभ्युज

चितवनको माडीमा एमालेको अग्रता

काठमाडौं। चितवनको माडी नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार ताराकाजी कुमार महतोले शुरुआती अग्रता लिएका छन्।

६०० मत गणना हुँदा महतोले दुई सय ७१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका ऋषि काफ्लेले भने दुई सय ४१ मत प्राप्त गरेका छन्।

यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको चितवनको माडी नगरपालिकामा यो पटक एमाले र गठबन्धन दलबीच प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनबाट माडी नगरपालिकामा माओवादी केन्द्रले मेयर पदमा प्रतिस्पर्धा गरेकाे छ।

चितवनकै राप्ती नगरपालिकाको मेयर पदमा पनि एमालेले नै नेतृत्व गरेको छ। एमालेबाट मेयर पदका उम्मेदवारले दुई सय ७४ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवारले दुई सय मत प्राप्त गरेका छन्। खैरहनी नगरपालिकामा गठबन्धनका उम्मेदवारले नेतृत्व गरेका छन्। गठबन्धनका उम्मेदवारले ९३ मत प्राप्त गर्दा एमालेले ५९ मत प्राप्त गरेको छ।

भरतपुर महानगरपालिकाको मतगणना कार्य भने शुरु हुन बाँकी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved