देउवाको गृह जिल्ला डडेलधुराको अमरगढीमा कांग्रेसको फराकिलो अग्रता

नेपालभ्युज

देउवाको गृह जिल्ला डडेलधुराको अमरगढीमा कांग्रेसको फराकिलो अग्रता

डडेलधुरा। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा सदरमुकाम अमरगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसले अग्रता बनाएको छ।

वडा नम्बर–१ को सुरुवाती ४०५ मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवारले १९० मत प्राप्त गरेका छन्। उपमेयरका उम्मेदवारले १९४ मत प्राप्त गरेका छन्।

यस्तै मेयरमा कांग्रेस बीपीका उम्मेदवारले १६१ प्राप्त गरेका छन् भने उपमेयरले १६२ मत प्राप्त गरेका छन्।

यस्तै देउवाको गृह पालिका डडेलधुराको गन्यपधुरामा कांग्रेसको अग्रता कायमै छ । कांग्रेसलाई कांग्रेस (बीपी) ले पछ्याइरहेको छ।

अहिलेसम्म कांग्रेसका उम्मेदवार इद्रबहादुर कार्कीले पाँच सय मत प्राप्त गरेका छन् भने कांग्रेस बीपीका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved