छांगरु र तिंकरको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदै

व्याँस गाउँपालिकाका ६ ओटै वडामा गरेर कूल ५ हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ।

नेपालभ्युज

छांगरु र तिंकरको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदै
फाइल तश्वीर

दार्चुला। व्याँस गाउँपालिकाको १ नम्बर वडाका छांगरु र तिंकरको मतपेटिका लिन हेलिकप्टरको प्रयोग भएको छ। दार्चुलाको विकट क्षेत्र छांगरु र तिंकरबाट मतपेटिका ल्याउने जिम्मा नेपाली सेनाको हेलिकप्टरले पाएको छ।

कूल ३५५ मत खसेको दुई ओटा मतदान केन्द्रका मतपेटिका छांगरुमा संकलन गरिएको छ। ती मतपेटिकालाई सेनाको हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइन लागेको हो।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो।

व्याँस गाउँपालिकाका ६ ओटै वडामा गरेर कूल ५ हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved