भतरपुरमा आज बिहानदेखि मतगणना हुने, चार स्थानीय तहमा जारी

नेपालभ्युज

भतरपुरमा आज बिहानदेखि मतगणना हुने, चार स्थानीय तहमा जारी

चितवन । भरतपुर महानगरपालिकाको मतगणना आज (शनिबार) बिहान ८ बजेबाट शुरु हुने भएको छ।

बिहान ८ बजेदेखि गणना सुरु गर्ने गरी सर्वदलीय बैठकमा सहमति भएको मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले जानकारी दिए।

राति नै मतगणना शुरु गर्ने भनिए पनि दल र उम्मेदवारका प्रतिनिधिबीच विवाद भएका कारण बिहानबाट गर्ने निर्णय भएको हो।

मतगणनाअघि भएको सर्वदलीय बैठकमा गणनाकार्यमा उम्मेदवारका प्रतिनिधि कति जना बस्ने र मतपेटिका कसरी राख्ने भन्ने विषयमा लामो छलफल भएको थियो।

चितवनमा ७२.४२ प्रतिशतले मतदानमा गरेका छन्। तीमध्ये भरतपुर महानगरपालिकामा ६७.५९ प्रतिशतल, खैरहनी नगरपालिकामा ७४.२४, रत्ननगर नगरपालिकामा ७५.२१, माडीमा ७२.२८, कालिकामा ७८, राप्तीमा ७३.२५ र इच्छाकामना गाउँपालिकामा ७६.८१ प्रतिशतले मतदान गरेका छन्।

खैरहनी, कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा मतगणना शुरु भइसकेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved