कांग्रेस उम्मेदवार सवार गाडीको ठक्करबाट वृद्धको मृत्यु

नेपालभ्युज

कांग्रेस उम्मेदवार सवार गाडीको ठक्करबाट वृद्धको मृत्यु

काठमाडौं। रूकुम पश्चिममा नेपाली कांग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

उम्मेदवार जनककुमार बाँठामगर सवार बाफिकोट गाउँपालिका वडा ७ मा लु ३ च ३३६ नम्बरको गाडीले ठक्कर दिँदा सोही वडाका ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो।

नेता वाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा मत हाल्न मतदान केन्द्रतिर जाँदै गरेका खत्रीलाई गाडीले ठक्कर दिएकाे हाे। प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगडी बढाएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved