सिन्धुपाल्चोकका ३ स्थानमा मतदान रोकियो

नेपालभ्युज

सिन्धुपाल्चोकका ३ स्थानमा मतदान रोकियो

काठमाडौं । सिन्धुपाल्चोकको तीन स्थानमा मतदान रोकिएको छ। बाह्रबिसे नगरपालिका वडा नं १, बाह्रबिसे नगरपालिका वडा नं ३ र त्रिपुरासुन्दरी गाँउपालिका वडा नं ३ मा विवाद हुँदा मतदान रोकिएको हो।

दूई पक्ष कार्यकर्ताबीच झडप हुँदा बाह्रबिसे नगरपालिका वडा नं १ घोर्थलीको मतदान केन्द्रमा मतदान रोकिएको छ। बाह्रबिसे नगरपालिका वडा नं ३ को क्षमादेवी माध्यामिक विद्यालयमा झडप हुँदा ४ राउण्ड हवाई फायर गरिएको छ।

त्रिपुरासुन्दरी गाँउपालिका वडा नं ३ मा रहेको मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ। एउटा व्यक्तिले दुई पटक मतदान गरेको भन्दै कार्यकर्ताबीच ढुंगामुडा र टेबुल तोडफोड गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved