बिहान ६ बजेदेखि सवारी साधन चलाउन रोक, अत्यावश्यक मात्र चल्ने

निर्वाचनका बेला आचारसंहिता उल्लङ्घन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरूको मोबिलिटीलाई निषेध गरिएको हो। साँझ ५ बजे मतदानको समय सकिएपछि सवारीसाधन खुला हुनेछन्।

नेपालभ्युज

बिहान ६ बजेदेखि सवारी साधन चलाउन रोक, अत्यावश्यक मात्र चल्ने

काठमाडौं। स्थानीय तहको निर्वाचनको मतदानको दिन आज बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ। निर्वाचनका बेला आचारसंहिता उल्लङ्घन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरूको मोबिलिटीलाई निषेध गरिएको हो। साँझ ५ बजे मतदानको समय सकिएपछि सवारीसाधन खुला हुनेछन्।

यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले बताए। यस्तै पास लिएका सवारीहरू भने सञ्चालन हुन्छन्।

प्रशासनको आदेश अटेर गर्ने सवारी नियन्त्रणमा लिएर साँझ छाडिने जनाइएको छ। बेलुकी मतदान सकिएपछि मात्रै सबै सवारीसाधन सञ्चालन गर्न दिनेछन्।

एक ठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नहोस् र अनावश्यक प्रभाव पार्ने काम नहोस् भन्ने लगायतका कारणले सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved