मतदातालाई रक्सी बाँड्दा बाँड्दै पक्राउ

नेपालभ्युज

मतदातालाई रक्सी बाँड्दा बाँड्दै पक्राउ

कपिलवस्तु । मतदातालाई बाँड्दै गरेको रक्सी प्रहरीले बरामद गरेको छ। कपिलवस्तु नगरपालिका ३ मा प्रहरीले भ्यानबाट निकालेर मतदातालाई रक्सी बाँड्न लाग्दै गर्दा पक्राउ गरेको हो।

स्थानीयले उक्त दृष्य देखेपछि प्रहरीलाई खबर गरेका थिए।

कपिलवस्तु प्रहरीले रक्सीसहित भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ। १२ कार्टुन रक्सीसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी जेसी शाहले बताए।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved