एमालेका वडाध्यक्ष उम्मेदवारको मृत्युपछि उनकै छोरा उम्मेदवार

नेपालभ्युज

एमालेका वडाध्यक्ष उम्मेदवारको मृत्युपछि उनकै छोरा उम्मेदवार

दाङ। तुलसीपुर उपमहानगरपालिका–१७ मा वडाध्यक्षको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाइएको छ ।

नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका लवरु चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरी उम्मेदवार बनेका हुन्। तुलसीपुर उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदीपले बुधबार नै उम्मेदवारी दर्ता गराइसकेका छन्।

उम्मेदवारको मृत्युपछि उक्त वडामा जेठ ३ मा निर्वाचन मिति तय गरिएको छ।

वडाध्यक्षका उम्मेदवार लवरुको सोमवार मृत्यु भएको थियो। मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित उनी चुनाव प्रचारको क्रममा बिरामी परेका थिए।

बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो। त्यहाँ पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन, उनको उपचारका क्रममा मृत्यु भयो।

तुलसीपुरको बघौसी निवासी चौधरी यसअघि वडा नम्बर १७ को वडा सदस्य थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved