राजनीतिक दलले निर्वाचनको निष्पक्षतामा ध्यान दिएनन् : पूर्वसभामुख ढुङ्गाना

उनले अहिलेको निर्वाचनबाट जनताले चाहेको प्रतिनिधि आउन गाह्रो पर्ने बताए।

नेपालभ्युज

राजनीतिक दलले निर्वाचनको निष्पक्षतामा ध्यान दिएनन् : पूर्वसभामुख ढुङ्गाना

काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरूले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताएका छन्। सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले काठमाडौंमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भुमिका विषयक सम्वाद कार्यक्रममा पूर्वसभामुख ढुंगानाले राजनीतिक दलहरूले यस्तो बताएका हुन्।

उनले अहिलेको निर्वाचनबाट जनताले चाहेको प्रतिनिधि आउन गाह्रो पर्ने बताए। निर्वाचन निष्पक्ष बनाउनका लागि राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो। निर्वाचनलाई निष्पक्ष बनाउन राजनीतिक दल र निर्वाचन आयोगले हातेमालो गर्नुपर्ने बताउँदै उनले नभए जनताले इच्छा गरेको प्रतिनिधि नआउने चेतावनी दिए।

‘‘निर्वाचन आयोगले, मतदाताले जतिसुकै निष्पक्ष निर्वाचन गर्न लागे पनि राजनीतिक दलहरूले निष्पक्षतामा ध्यान दिइराखेका छैनन्, यो भन्दा ठुलो चुनौती अर्को केही हुँदैन,” उनले भने, ‘‘यो निर्वाचन वास्तवमा हाम्रो प्रतिनिधि आउन गाह्रो निर्वाचन छ। हाम्रो जनताले इच्छा गरेको प्रतिनिधि आउँदैनन्। कति भोटरले भोटको मूल्य बुझेका छैनन्। म सँग पाँच सय भोट छ, यति ल्याउनुस्। म तपाईलाई दिलाइदिन्छु भन्छ उसले त्यो भोट बैंक रिजर्भ गरेर राखेको हुन्छ। त्यसमा निर्वाचन आयोगले केही गर्न सक्दैन। सुधार यस दिशामा गर्नुपर्ने त्यसमा पार्टीहरूकै प्रोत्साहन हुनुपर्ने भएको छैन।”

पूर्वसभामुख ढुंगानाले देश निष्पक्ष निर्वाचनको बाटोमा नगएको टिप्पणी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved