श्रीलंकाका प्रधानमन्त्री राजापाक्षे दिए राजीनामा

नेपालभ्युज

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षे दिए राजीनामा

काठमाडौं। श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले विपक्षीको दबाबमा राजीनामा दिएका छन्।

देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिरिदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिएका हुन्। राजनीतिक तथा आर्थिक संकटको मुख्य कारक राजापाक्षे नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामाका लागि अत्यधिक दबाब परेको थियो।

महिन्दा राजापाक्षेपछि उनको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री रहेका प्राध्यापक चन्ना जयसुमनाले पनि राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन् । टापु देशमा आर्थिक संकटलाई लिएर विरोध प्रदर्शनका क्रममा हिंसात्मक झडप भएपछि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् । राजधानी कोलम्बोमा सोमबार आर्थिक संकटको विरोधमा भएको प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो ।

श्रीलंकाका धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएइरहेको छ। राजापक्षेका दाइ तथा राष्ट्रपति गोताबाया राजापाक्षेको पनि राजीनामाको मागसहित आन्दोलन चर्किरहेको छ। एक पक्षले राजापाक्षेको राजीनामाको मागसहित आन्दोलन गरिरहेकोमा अर्को पक्षले राजापक्षेको समर्थनमा सडकमा जुलुस निकालेका छन्। अहिले धेरै ठाउँमा राजापाक्षे भाइका विपक्षी र समर्थकबीच झडप भइरहेको छ।

मे ६ मा, राष्ट्रपति गोटाबाया राजापाक्षेले श्रीलंकामा आर्थिक संकटलाई लिएर बढ्दो विरोधको बीचमा देशमा संकटकालको घोषणा गरेका थिए। गोताबाया राजापाक्षेले देशको बिग्रिएको अवस्थाका बीच संकटकाल लगाउने निर्णय गरेका थिए। जब श्रीलंकामा संकटकाल लगाउने निर्णय गरियो, ठूलै मात्रामा विरोध प्रदर्शन भइरहेका थिए । राष्ट्रपतिको राजिनामाको माग गर्दै हजारौं विद्यार्थी सडकमा उत्रिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved