कैलारी पुगेर बागी उम्मेदवारलाई मत माग्दै प्रचण्डले भने, ‘गठबन्धन क्लियर भएको छैन’

प्रचण्डले पटक-पटक लाजुराम र लक्ष्मीको साथमा आफू रहेको बताए। “गठबन्धन क्लियर भएको छैन,” प्रचण्डले भने, “पार्टीको उम्मेदवार जुनसुकै रूपमा अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्छु।”

कैलारी पुगेर बागी उम्मेदवारलाई मत माग्दै प्रचण्डले भने, ‘गठबन्धन क्लियर भएको छैन’

कैलाली। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन क्लियर नभएको भन्दै सत्ता गठबन्धनविरुद्ध आफ्नो पार्टीबाट उठेको बागी उम्मेदवारका लागि भोट मागेका छन्।

कैलालीको कैलारी गाउँपालिकास्थित हसुलिया पुगेर प्रचण्डले सत्ता गठबन्धनप्रति नेपाली कांग्रेस इमानदार नभएको भन्दै आफ्नो पार्टीतर्फबाट बागी रहेका उम्मेदवारका लागि मत मागेका हुन्।

कैलारीमा सत्ता गठबन्धनबीच भागबण्डा हुँदा अध्यक्षमा माओवादीका लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसकी भगवती चौधरी उम्मेदवार छन्। तर, माओवादी केन्द्रले उपाध्यक्षमा लक्ष्मी सत्गौवालाई बागी उम्मेदवारी दिन लगाएको छ।

परिवर्तनको रक्षाको लागि अध्यक्षका उम्मेदवार लाजुराम र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवाको टोलीलाई अत्यधिक बहुमतले विजयी गराउन प्रचण्डले आह्वान गरे। उनले लाजुराम र लक्ष्मीको टिमले विगतमा राम्रो काम गरेको भन्दै आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गरे।

प्रचण्डले पटक-पटक लाजुराम र लक्ष्मीको साथमा आफू रहेको बताए। “गठबन्धन क्लियर भएको छैन,” प्रचण्डले भने, “पार्टीको उम्मेदवार जुनसुकै रूपमा अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्छु।”

प्रचण्डले गठबन्धन गर्नु भनेको सबै ठाउँमा झुक्नु नभएको भन्दै अध्यक्षमा कांग्रेसले दिएको उम्मेदवारी खारेज नभए एक्लै भए पनि चुनाव लड्ने बताए। उनले धोका बेइमानी कुनै हालतमा स्वीकार्य नहुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved