कांग्रेसलाई भोट माग्दै नीर शाहले भने : सिर्जनासँग केशव स्थापितको तुलना हुन्न

सिंहको प्रतिद्वन्द्वीलाई राजासँग गहिरो सम्बन्ध स्थापना गर्नका लागि ‘बा’वादीहरूले स्थापित गरेको उनले बताए।

नेपालभ्युज

कांग्रेसलाई भोट माग्दै नीर शाहले भने : सिर्जनासँग केशव स्थापितको तुलना हुन्न
फाइल तस्वीर

काठमाडौं। कलाकार नीर शाहले काठमाडौं महानगरपालिकाको मेयरमा सिंहलाई विजयी गराउनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित बुद्धिजिवी भेला तथा छलफल कार्यक्रममा उनले मेयर उम्मेदवार सिर्जना सिंहसँग नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको तुलना गर्नै नमिल्ने बताए।

सिंहलाई विगतमा सरकारले नजरबन्दमा राखेको र स्थापितलाई भने राजाले राज्यकोषको प्रयोग गर्न पाउनेगरी मेयर पदमा नियुक्त गरेको उनको भनाइ थियो। पार्टीको स्वार्थका लागि नै स्थापितलाई राजासँग गहिरो सम्बन्ध बनाउनका लागि उनको तत्कालिन पार्टीले उक्त पदमा पठाएको दाबी उनले गरे।

‘‘निमित्त राजाले संसारभरको सुख, सुविधा दिएर स्थापितलाई सरकारी राज्यकोष प्रयोग गर्न पाउने गरी मेयर पदमा नियुक्त गर्नुभएको होइन ? नजरबन्दमा रहने नेत्री सिर्जना सिंहसँग राजाको राज्यकोषबाट सुविधा भोग्ने मान्छेको कुनै तुलना हुन्छ ? यो एउटा प्रशंग र एउटा तुलना नै कसले हाम्रो प्रतिनिधिका रुपमा हामीले छनौट गर्नुपर्छ,” उनले भने, ‘‘तर यसबारे धेरै चर्चा हुने गरेको मैले सुनेको छैन। त्यहाँ दुईओटा कोणहरुबाट काम भएको मैले बुझ्दछु। उहाँलाई, नाम लिइराख्नु आवश्यक छैन। हाम्रो सिर्जना सिंहजीको प्रतिद्वन्द्वीलाई राजासँग गहिरो सम्बन्ध स्थापना गर्नका लागि यी ‘बा’वादीहरुले नै स्थापित गरेका हुन् त्यहाँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved