नेपालमा खाना पर्यटनको प्रचूर सम्भावना छ : हान उपाध्यक्ष साह

नेपालभ्युज

नेपालमा खाना पर्यटनको प्रचूर सम्भावना छ : हान उपाध्यक्ष साह

काठमाडौं। होटल एसोसिएसन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचूर सम्भावना रहेको बताएका छन्। बिहीबार काठमाडौंमा सेफ्स एसोसिएसन अफ नेपालको २८ औँ वार्षिकोत्सव समारोहमा  उनले यस्तो बताएका छन्।

उनले नेपालमा सेफहरू मनग्य उत्पादन भएपनि सबै क्षेत्रमा पुर्‍याउन नसकिएको बताए। अधिकांश पाँचतारे होटलहरू काठमाडौंमै रहेकाले मानिसहरू पनि सुविधाका कारण बाहिरी जिल्लामा जान नरुचाउने गरेको उनको भनाइ थियो। वरिष्ठ उपाध्यक्ष साहले सिद्धहस्त सेफहरूको पहिलो रोजाइ विदेश भएकोले पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको बताए।

त्यस्तै सेफ्स एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम लामाले सेफहरूको क्षेत्रमा सरकारले बजेट छुट्याएर सबै प्रदेश र जिल्लामा नेपाली परिकारको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए। सेफ सोसाइटीले गरेको क्षेत्रमा सरकारको ध्यान पुग्नुपर्ने भनाइ उनको थियो।

सेफ्स एसोसिएसन अफ नेपालले खानाको शुद्धता तथा स्वास्थ्यता हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहित यस वर्ष आफ्नो २८ औँ वार्षिकोत्सव मनाइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved