भारतका प्रधानमन्त्री मोदीले भेटे डेनमार्ककी रानीलाई

सोमबार जर्मनीबाट युरोप प्रवेश गरेका प्रधानमन्त्री मोदीले मङ्गलबार डेनमार्कको भ्रमण गरेका र बुधबार फ्रान्सको भ्रमण गर्नेछन्।

नेपालभ्युज

भारतका प्रधानमन्त्री मोदीले भेटे डेनमार्ककी रानीलाई

एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग भेटवार्ता गरेका छन्। युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गरेका हुन्।

कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गरेकी प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ।

भेटवार्तापछि प्रधानमन्त्री मोदी रानी मार्गरेटले आयोजना गरेको रात्रीभोजमा समेत सहभागी भए। सो अवसरमा प्रधानमन्त्री मोदीले राजपरिवारका अन्य सदस्यहरुसँग पनि भेटवार्ता गरेका भारतको विदेश मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री मोदीले भेटवार्ताको अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेको प्रति डेनमर्ककी रानी मार्गरेट द्धितिय र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गरेका छन्। एक दिने डेनमर्क भ्रमणका क्रममा उनले अति व्यस्त कार्यतालिकाबीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफलहरु गरेका छन्। उनले डेनमार्कका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ सम्भावनाहरुका बारेमा छलफल गरेका अधिकारीहरुले जनाएका छन्। त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उनले डेनमार्कमा छलफल गरेका छन्। सोमबारदेखि तीन दिने युरोप भ्रमण शुरु गरेका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुगेका थिए।

मोदीले भ्रमणको पहिलो दिन नै सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गरेका थिए। उनीहरुका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको बताइएको छ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको जानकारीअनुसार प्रधानमन्त्री मोदीले यसपटक युरोप भ्रमणका क्रममा उनले युक्रेनमाथि रुसको हमलाका बारेमा पनि धेरै जसोसँग छलफल गरेका छन्। सोमबार जर्मनीबाट युरोप प्रवेश गरेका प्रधानमन्त्री मोदीले मङ्गलबार डेनमार्कको भ्रमण गरेका र बुधबार फ्रान्सको भ्रमण गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved