इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर विजयी

म्यानचेस्टर युनाइटेडले सोमबार इंग्लिस प्रिमियर लिगमा ब्रेन्डफोर्डलाई ३–० ले हराएको छ।

नेपालभ्युज

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर विजयी

काठमाडौं। म्यानचेस्टर युनाइटेडले सोमबार इंग्लिस प्रिमियर लिगमा ब्रेन्डफोर्डलाई ३–० ले हराएको छ।

निमित्त व्यवस्थापक राल्फ राङ्गनिकको अन्तिम घरको खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको हो। राङ्गनिक आएयता म्यानचेस्टरको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो।

ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेस, क्रिस्टियानो रोनाल्डो र राफेल भरानेले गोल गरे। यो जितले म्यानचेस्टरको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने झिनो सम्भावना कायम राख्यो।

म्यानचेस्टर ५८ अंकमा छैटौं स्थानमा छ। ब्रेन्टफोर्डको भने ४० अंक छ र रेलिगेसनबाट बच्ने निश्चित जस्तै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved