सुदूरपश्चिमका सुगम ठाउँमा पुग्यो मतपत्र, दुर्गममा हेलिकप्टरबाट ढुवानी हुने

नेपालभ्युज

सुदूरपश्चिमका सुगम ठाउँमा पुग्यो मतपत्र, दुर्गममा हेलिकप्टरबाट ढुवानी हुने

धनगढी। सुदूरपश्चिमका नौ ओटै जिल्लामा मतपत्र पुगेको छ। प्रदेशका केही ठाउँबाहेक सबै जिल्लामा मतपत्र पुगेको हो।

प्रदेश निर्वाचन कार्यालय धनगढीले सुदूरपश्चिमका नौ जिल्लामै मतपत्र ढुवानी भइसकेको जानकारी दिएको हो। निर्वाचन आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो। नौ वटै जिल्लाका सदरमुकाममा स्थापना गरिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगिसकेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए।

कैलालीको सुगरखालमा भने हेलिकोप्टरमार्फत मतदानका सामाग्री पठाउने तयारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै सुदूरपश्चिमका अन्य विकट क्षेत्रमा पनि मतदानमा खटिने कर्मचारी र मतदानका सामाग्री हेलिकोप्टरमार्फत पठाउने तयारी भइरहेको निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved