गठबन्धनको पक्षमा सघाउने भन्दै पालुङटारमा कँडेलले छाडे मेयरको दौड

नेपालभ्युज

गठबन्धनको पक्षमा सघाउने भन्दै पालुङटारमा कँडेलले छाडे मेयरको दौड

काठमाडौं। गठबन्धनबाट बनेका साझा उम्मेदवारलाई सघाउने भन्दै नेपाली कांग्रेसका दीपकबाबु कँडेलले पालुङटार नगरपालिकाको मेयरको दौडबाट पछि हटेका छन्। साथै उनले मतदातालाई पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह पनि गरेका छन्।

उनले आज एक विज्ञप्ति निकालेर पछिल्लो समय केन्द्रले गरेको निर्णय स्वीकार गरेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ- ‘नेपाली कांग्रेस पार्टीलाई पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भएतापनि पछिल्लो समय नेपाली कांग्रेस केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी सम्पूर्ण नगरबासी दाजुभाइ दिदीबहिनीहरु समक्ष पार्टीको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’

पालुङटार जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्रसमेत हो। गठबन्धनबीच तालमेल हुन नसकेपछि कांग्रेसबाट कँडेलले मेयरमा उम्मेदवारी दिएका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाले कँडेलको उम्मेदवारी फिर्ता गराउन पत्रसमेत पठाएका थिए। तर उम्मेदवारी फिर्ताको समय सकिएको भन्दै निर्वाचन कार्यालयले अस्वीकार गरदिएको थियो। कँडेल पालुङटारको बहालबाल मेयरसमेत हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved