दोलखामा ८३ जनाले फिर्ता लिए उम्मेदवारी

नेपालभ्युज

दोलखामा ८३ जनाले फिर्ता लिए उम्मेदवारी

दोलखा। आसन्न स्थानीय तह निर्वाचनमा दोलखामा ८३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

दुई नगरपालिका र सात गाउँपालिकामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फबाट विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ८३ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल केसीले जानकारी दिए।

भिमेश्वर नगरमा छ र जिरी नगरमा सातले उम्मेदवारी फिर्ता गरेका छन्। यस्तै कालिञ्चोक गाउँपालिकामा नौ, गौरीशंकरमा नौ, तामाकोशीमा १६, मेलुङमा १७, विगुमा १२, वैतेश्वरमा छ र शैलुङ गाउँपालिकामा एकले गरी कूल ८३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved