परिवाल दलबाट धनगढीको उपमेयरमा मनोनयन दर्ता गराएकी विकसहित सात जनाको उम्मेदवारी रद्द

समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए।

नेपालभ्युज

परिवाल दलबाट धनगढीको उपमेयरमा मनोनयन दर्ता गराएकी विकसहित सात जनाको उम्मेदवारी रद्द

धनगढी। धनगढी उपमहानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएकी विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ। समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए। उनले नेपाल परिवार दलबाट उपमेयरमा उम्मेदवारी दिएकी थिइन्।

यसैगरी, धनगढी वडा नं ५ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नं ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी)की पार्वतीदेवी भाट, वडा नं ६ बाट राप्रपाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारी रद्द भएको पनेरुले बताए।

वडा नं ६ को वडाध्यक्षमा उम्मेदवारी दिएका नेकपा एसका दिलीपराज भण्डारीको उम्मेदवारी पनि रद्द भएको छ। वडा नं ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका झगरु राना र वडा नं १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवी स्नेहीको समेत उम्मेदवारी रद्द भएको छ।

धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड, एमालेका रणबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन्। स्वतन्त्रबाट प्रमुखमा उम्मेदवारी दिनेमा गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट छन्।

उपप्रमुखमा भने माओवादीकी शान्तिकुमारी अधिकारी क्षेत्री, एमालेकी कन्दकला रानाथारु, विवेकशील साझा पार्टीकी विमला पन्त, नागरिक उन्मुक्ति पार्टीकी सावित्री देवी चौधरी, राप्रपाका दुर्गादत्त पन्त र स्वतन्त्र प्रभाकर भण्डारी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved