नेकपा एकीकृत समाजवादीको मकवानपुर जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्टै श्रीधर पोखरेल नेकपा एमाले प्रवेश गरेका छन्।
निर्वाचन पछि पार्टी कमजोर हुने भन्दै हिजो मात्र उनले आफू जिल्ला अध्यक्ष रहेको समाजवादीबाट राजीनामा दिएका थिए।
पोखरेललाई आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डौँमा भएको एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।
समाजवादीमा व्यक्तिवाद हाबी भएको आरोप लगाउदै उनी सहित केही नेताले हिजो पार्टी परित्याग गरेका थिए।
पोखरेल यसअघि पनि नेकपा एमालेमा नै थिए।
समाजवादीबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि सिफारिस भएका थिए। पार्टीले हेटौंडाको मेयर भागबण्डामा पारे पनि पोखरेललाई उम्मेदवार नबनाएपछि उनी असन्तुष्ट थिए।
उनले राजीनामा दिएपछि नेकपा समाजवादीको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन्।
Facebook Comment
Comment