आजको मौसम- पश्चिम वायुको प्रभावले धेरै ठाउँमा बदली

स्थानीय वायु तथा पश्चिम वायुको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

नेपालभ्युज

आजको मौसम- पश्चिम वायुको प्रभावले धेरै ठाउँमा बदली

काठमाडौं। स्थानीय वायु तथा पश्चिम वायुको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाको छ।

प्रदेश १ का पहाडी भूभागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ। राति प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

भोलि बिहीबार बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved