पाँच ओटा स्थानीय तह रहेको कास्कीमा एक हजार ४९१ उम्मेदवार

नेपालभ्युज

पाँच ओटा स्थानीय तह रहेको कास्कीमा एक हजार ४९१ उम्मेदवार

पोखरा। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँच ओटै पालिकाबाट प्रमुख तथा उपप्रमुखसहित सदस्यमा एक हजार ४९१ को उम्मेदवारी परेको छ।

पाँचवटा स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामा ८०६ को उम्मेदवारी छ। महानगर प्रमुखमा २८ जना र उपप्रमुखमा ११ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यलय कास्कीले जनाएको छ।

अन्नपूर्ण गाउँपालिकामा २०६ जनाको उम्मेदवारी परेकोमा पालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा पाँच जना हुनुहुन्छ। त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा १८७ जनाको उम्मेदवारी परेकोमा पालिकाको अध्यक्ष र उपाध्यक्षमा छरछ जना उम्मेदवार हुनुहुन्छ।

मादी गाउँपालिकामा १७५ जनाको उम्मेदवारी रहेकोमा पालिकाको अध्यक्षमा पाँच र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ भने रुपमा ११७ जनाको उम्मेदवारी परेको छ। रुपामा पालिकाको अध्यक्षमा तीन र उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved