कालीकोटका नौ ओटै स्थानीय तहमा विप्लव नेकपाले दियो उम्मेदवारी

नेपालभ्युज

कालीकोटका नौ ओटै स्थानीय तहमा विप्लव नेकपाले दियो उम्मेदवारी

मान्म। विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कालीकोटको नौ वटै  स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएको छ। विप्लवका केन्द्रीय सदस्यदेखि पूर्वसंविधानसभा सदस्यसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउएका हुन्।

जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन्। बिसी उक्त पार्टीका केन्द्रीय सदस्य हुन् भने विक उक्त पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माको भाइबुहारी हुन्।

रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकको उम्मेदवारी दर्ता भएको छ। उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुनुहुन्छ। खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिका प्रमुखमा रमेश चदारा तथा उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

पचालझरना गाउँपालिका अध्यक्षमा मनिलाल ऐडी, उपाध्यक्षमा विनित सिंह तिरुवा, पलाता गाउँपालिकाको अध्यक्षमा पदम विक, महावै गाउँपालिकाको अध्यक्षमा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकाको अध्यक्षमा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमाको अध्यक्षमा रुपसिंह बोहोराको उम्मेदवारी दर्ता भएको छ।

पार्टीको चुनावलाई उपभोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिवसमेत रहेका ऐडीले बताए। कालीकोट प्रवक्ता विश्वकर्माको गृहजिल्ला हो। सो पार्टीमा चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा विवाद रहँदै आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved