काठमाडौं महानगरपालिकामा ५६ जना मेयर र ३१ जना उपमेयरको उम्मेदवारी दर्ता

नेपालभ्युज

काठमाडौं महानगरपालिकामा ५६ जना मेयर र ३१ जना उपमेयरको उम्मेदवारी दर्ता
फाइल तस्वीर

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि ५६ जनाको र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ।
५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलकातर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराएका छन्। उनीहरूमध्ये ८ जना महिला छन्।

उपमेयर पदमा उम्मेदारी दिने ३१ जनामध्ये १२ जनाले दलकातर्फबाट र ९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गरेका छन्। उपमेयरका उम्मेद्वारमध्ये १२ जना महिला छन्।

स्थानीय तह सदस्य निर्वाचन २०७९ को दोस्रो दिनसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन्। स्थानीय तह निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत हिजो र आज (बैशाख ११ र १२ गते) गरी २ दिन मनोनयन दर्ताको कार्यक्रम राखेको थियो।

मनोनयनको पहिलो दिन मेयर पदका लागि १६ जनाले र उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिएका थिए। मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार काठमाडौँ महानगरका ३२ वटा वडामध्ये हरेक २ वटाका लागि एउटा मनोनयन डेक्स राखिएको थियो। त्यसैगरी मेयर र उपमेयरका लागि छुट्टाछुट्टै २ वटा डेक्स राखिएका थिए।

यी हरेक डेक्समा इन्टरनेट सुविधासहितका ल्यापटप राखिएका थिए। खतिवडा भन्‍छन्, ‘यसरी क्षेत्र विभाजन गरेर डेक्स राखिएकाले भीड कम गराउन मद्दत भयो।’

निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्ला भएका पालिकाहरुमा जम्मा १ हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। जसमा मेयर पदका लागि १२५ जनाले, उपमेयर पदका लागि ५७ जनाले, वडाध्यक्ष पदका लागि ३३४ जनाले, महिला सदस्य पदका लागि १९१ जनाले, दलित महिला सदस्य पदका लागि १२९ जनाले र सदस्य पदका लागि ४२६ जनाले मनोनयन पत्र दर्ता गराएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved