जनकपुरधाम उपमहानगरमा मेयरमा १७ र उपमेयरमा १० जनाको उम्मेदवारी

जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि मेयर पदमा १७ र उपमेयरमा १० जनाको उम्मेदवारी परेको छ। राजनीतिक दलको तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ। १० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

नेपालभ्युज

जनकपुरधाम उपमहानगरमा मेयरमा १७ र उपमेयरमा १० जनाको उम्मेदवारी

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि मेयर पदमा १७ र उपमेयरमा १० जनाको उम्मेदवारी परेको छ। राजनीतिक दलको तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ। १० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन्। ४ जना स्वतन्त्र उम्मेदवार छन्। सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले मनोनयन दर्ता गराएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोज चौधरी र उपमेयरमा रिता कुमारी मिश्रले उम्मेदवारी दिएका छन्। नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा कांग्रेस परित्याग गरि आज मात्रै एमालेमा प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेका हुन्।

त्यस्तै ६ दिन अगाडि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले पनि एमाले परित्याग गरि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनको समूहबाट उपमेयरमा युवा नेता सरोजकुमार मिश्रले मनोनयन दर्ता गराएका छन्।

नेपाल जनता पार्टीबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा वन्दना पाण्डेले उम्मेदवारी दिएका छन्। जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा सन्तोष कुमार साहले मनोनयन दर्ता गराएका छन्।

तराई मधेश लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले मेयर र ईश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्।

जनकपुरधामको मेयर पद मै नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी छिन्। यता मेयर पद मै स्वतन्त्रतर्फ कांग्रेसबाट राजीनामा दिएका मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधीर कुमार महतोले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी बनेर उमेश चौधरी र कुमारी वनिता यादवले आइतबार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन्।

कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरीले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो।धनुषा जिल्लामा राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलहरू दर्ता भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved