बर्दघाटमा चुनावी तालमेल- कांग्रेसलाई मेयर, माओवादीलाई उपमेयर

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा सत्तारुढ गठबन्धनको चुनावी तालमेल भएको छ।

नेपालभ्युज

बर्दघाटमा चुनावी तालमेल- कांग्रेसलाई मेयर, माओवादीलाई उपमेयर

काठमाडौं। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा सत्तारुढ गठबन्धनको चुनावी तालमेल भएको छ।

तालमेल अनुसार नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ मेयरमा उम्मेदवारी दिएका छन्। उपमेयरमा नेकपा माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्यायले उम्मेदवारी दिएका छन्।

१६ वटा वडा रहेको बर्दघाट नगरपालिकामा १३ वटा वडा नेपाली कांग्रेसका भागमा परेको छ भने दुईवटा माओवादी केन्द्र र एउटा एकीकृत समाजवादीको भागमा परेको छ।

नेकपा एमालेबाट भने निवर्तमान मेयर धिरज शर्मा बस्याल मेयरको उम्मेदवारमा दोहरिएका छन् र उपमेयर जनमुक्ति पार्टीलाई दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved