गठबन्धनबाट बुटवलमा खेलराज पाण्डेय मेयरका उम्मेदवार

नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका मेयरको लागि खेलराज पाण्डेयलाई उम्मेदवार बनाएको छ।

नेपालभ्युज

गठबन्धनबाट बुटवलमा खेलराज पाण्डेय मेयरका उम्मेदवार

बुटवल। नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका मेयरको लागि खेलराज पाण्डेयलाई उम्मेदवार बनाएको छ। काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राती अबेरसम्म बसेको बैठकले पाण्डेयलाई मेयरको टिकट दिने निर्णय गरेको बोर्ड सदस्य विष्णु पोखरले बताए।

पाण्डेय नेपाल काँग्रेस बुटवलका नगर सभापति समेत हुन्। बुटवलमा गठबन्धनकोतर्फ मेयर नेपाली काँग्रेसले पाएको पाएको छ।

उपमेयर एकीकृत समाजवादी पार्टीले पाएको छ। काँग्रेसका पाण्डेय यसअघि पनि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए। अहिले एमाले बुटवलमा बाबुराम भट्टराईलाई उठाउने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved