उम्मेदवारी दर्ताको पहिलो दिनः बटेश्वर गाउँपालिकामा कोही पनि आएनन्

नेपालभ्युज

उम्मेदवारी दर्ताको पहिलो दिनः बटेश्वर गाउँपालिकामा कोही पनि आएनन्

जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको आज पहिलो कसैले पनि उम्मेदवारी दर्ता गराएनन्।

स्थानीय तहको निर्वाचन सम्पन्न गराउन बटेश्वर स्थित गाउँपालिकाको नयाँ कार्यालय भवनमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको पहिलो दिन आइतबार एक जनाको पनि उम्मेदवारी नपरेको हो।

निर्वाचन अधिकृत उद्धव ढोडारीले उम्मेदवारी दर्ताका लागि बिहान १० देखि दिउँसो ५ बजेसम्म कार्यालय खोलेर बसेको भए पनि उम्मेदवारी दर्ता गराउने कोही नआएको जानकारी दिए। जनमत राष्ट्रिय प्रजातन्त्र पार्टीका जिम्मेवार नेतालाई प्रत्यक्ष तथा टेलिफोन सम्पर्क गरेर आइतबारै उम्मेदवारी दर्ता गराउन आउन आग्रहसमेत गरेको उनले जानकारी दिए।

सबै राजनीतिक तथा स्वतन्त्र उम्मेदवारले एकै दिन मनोनयन दर्ता गराउँदा कार्यालयमा भीडभाड बढ्ने र काम गर्न समस्या हुने हुँदा बटेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयले आइतबार र सोमबार गरी दुई दिन उम्मेदवारी दर्ता गराउन सक्ने सूचना सार्वजनिक गरेको छ।

राजनीतिक दलहरू उम्मेदवार छनोट गर्न छलफलमै रहेकाले मनोनयन दर्ताको पहिलो दिन कोही नआएको बुझिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved