जिल्लाहरूमा चुनावी गठबन्धन लागु नहुने भएपछि सत्ता गठबन्धनको बैठक बस्दै

विभिन्न जिल्लामा चुनावी गठबन्धनको निर्णय लिन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बस्दैछ।

नेपालभ्युज

जिल्लाहरूमा चुनावी गठबन्धन लागु नहुने भएपछि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं। विभिन्न जिल्लामा चुनावी गठबन्धनको निर्णय लिन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बस्दैछ।

स्थानीय तहको निर्वाचनका लागि तालमेल घोषणा गरेपनि सोही अनुरूप जिल्लाहरूमा लागु हुन नसकेपछि शीर्ष नेताहरूको बैठक बस्न लागेको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेछ।

आजदेखि स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय भए पनि सत्तारुढ दलहरुबीच तालमेल प्रभावकारी बन्न नसक्दा धेरै ठाउँमा बागी उम्मेदवार उठ्ने अनुमान गरिएको छ।

यसलाई रोक्नका लागि ठोस योजनासहित गठबन्धन दलले निर्णय गर्ने आजको बैठकबाट अपेक्षा गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved