स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

नेपालभ्युज

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता
फाइल तस्वीर

काठमाडौं। निर्वाचन लड्न चाहनेहरूले देशका ७ सय ५३ पालिकामध्ये आफ्नो पालिकामा आजदेखि उम्मेदवारी दिन सक्नेछन्। निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ।

सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमार्फत बिहान १० बजेदेखि ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ। यसअघिका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको समय एक दिनमात्रै रहने गरेको थियो।

तर मनोनयनपत्र दर्ता गर्दा उम्मेदवार र निर्वाचन कार्यालय दुबैलाई चाप धेरै पर्न गएको अनुभवका आधारमा यसपटक दुई दिन उम्मेदवारी दर्ताको समय राखिएको सहसचिव एवंम् निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved