धुलिखेलका मेयर व्याञ्जूले चलाएको गाडीको ठक्करबाट वडाध्यक्ष घाइते

नेपालभ्युज

धुलिखेलका मेयर व्याञ्जूले चलाएको गाडीको ठक्करबाट वडाध्यक्ष घाइते

काठमाडौं । धुलिखेल नगरपालिकाका मेयर अशोक कुमर व्याञ्जूले चलाएको गाडीको ठक्करबाट काठमाडौं शंखरापुर नगरपालिका वडा नं २ का वडाध्यक्ष जीवन लामा घाइते भएका छन्।

बनेपाबाट धुलिखेल जाँदै गरेको बा७च ६२५४ नं को गाडीले धुलिखेलाट बनेपा आउँदै गरेको बा२प ६४०१ नं को सरकारी मोटर साइकललाई धुलिखेलस्थित मिरावल चोकमा ठक्कर दिएको थियो।ठक्करबाट घाइते भएका वडाध्यक्ष लामालाई काठमाडौं मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ।

नगर प्रमुख व्याञ्जूले आफ्नो लेन छोडेर अर्को साइडमा गएर ठक्कर दिएका प्रत्यक्षदर्शीले बताएका छन्। घाइतेको उपचारमा धुलिखेल अस्पतालले रेस्पोन्स नगरेको कारण काठमाडौं उपचारका लागि आउनुपरेको वडाध्यक्ष लामाले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved