आजको मौसम- चार प्रदेशमा आंशिकदेखि सामान्य बदली

नेपालभ्युज

आजको मौसम- चार प्रदेशमा आंशिकदेखि सामान्य बदली

काठमाडौं। नेपालमा न्यून चापीय रेखासँगै स्थानीय वायुको प्रभावका कारण बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ सँगै देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ।

शनिबार पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

राति प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved