सिरहामा जन्ती बोकेको बस दुर्घटना, ३१ जना घाइते

जन्ती बोकेर फर्किरहेको ना ६ ख ८२०१ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को १ ख ५४३४ नम्बरको ट्रक एकापसमा ठोक्किएको थियो।

नेपालभ्युज

सिरहामा जन्ती बोकेको बस दुर्घटना, ३१ जना घाइते

जनकपुरधाम। जन्तीबाट फर्कँदै गरेको बस सिरहामा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका ४ चोहर्वामा यात्रुबाहक बस र ट्रक एकापसमा ठोक्किएर भएको दुर्घटनामा धनुषा र महोत्तरीका ३१ जना घाइते भएका प्रहरीले जनाएको छ।

जन्ती बोकेर फर्किरहेको ना ६ ख ८२०१ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को १ ख ५४३४ नम्बरको ट्रक एकापसमा ठोक्किएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार महोत्तरीको भङ्गहा नगरपालिका–३ टिकुलियाका ४४ वर्षीय सुनिल सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशाला नगरपालिकाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालक लगायत ३१ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएकाहरुको अवस्था सामान्य रहेको र स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved