आजको मौसम – पहाडी भूभागमा मेघ गर्जनसहितको वर्षा हुनसक्ने

आज दिउँसो मुलुकका पहाडी भेगमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालभ्युज

आजको मौसम – पहाडी भूभागमा मेघ गर्जनसहितको वर्षा हुनसक्ने

काठमाडौं। आज दिउँसो मुलुकका पहाडी भेगमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा दिनभर जस्तो मौसम बदली रहनेछ।

आज राति गण्डकी प्रदेश , कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश १ को पहाडी भूभागमा वर्षाको सम्भावना छ।

देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यून चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव छ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved