एनसेलले ल्यायो इन्डलेस कम्बो प्याक

ग्राहकले एनसेल एपबाट पनि यो प्याक शुचारु गर्न सक्छन्।

नेपालभ्युज

एनसेलले ल्यायो इन्डलेस कम्बो प्याक

काठमाडौं। नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु ल्याएको छ।

यो योजना ५ वैशाखदेखि सञ्चालनमा आएको छ। योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित मात्र २५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सक्छन्।

डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन्। ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरी यो प्याक शुचारु गर्न सक्छन्। त्यस्तै, ग्राहकले एनसेल एपबाट पनि यो प्याक शुचारु गर्न सक्छन्।

बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक मात्र २५ रुपैयाँमा शुचारु गर्न सक्छन्। प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ एस्ट्रिक्स ६ ह्यास डायल गरी प्याक शुचारु गर्न सक्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved