राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

नेपालभ्युज

राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने छ। यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन्।

ठूला पार्टीहरु एमाले, काँग्रेस र माओवादी केन्द्रले भने सार्वजनिक गरिसकेका छैनन्। एमालेले ९ गते घोषणपत्र सार्वजनिक गर्ने भनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved