प्रिमियर लिगमा युनाइटेडलाई ४-० ले हराउँदै लिभरपुल शीर्षमा

नेपालभ्युज

प्रिमियर लिगमा युनाइटेडलाई ४-० ले हराउँदै लिभरपुल शीर्षमा

म्यानचेस्टर  युनाइटेडलाई ४-० ले हराउँदै लिभरपुल इंलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुललाई खेलको ५ मिनेटमै लुइज डियाजले अग्रता दिलाएका थिए।

नवजात सन्तानको निधनका कारण यस खेलमा युनाइटेडका स्टार खेलाडी क्रिस्ट्रियानो रोनाल्डो उपस्थित थिएनन्। उनको दुखमा साथ दिन दुबै टिमका समर्थकले खेफको सातौं मिनेट पुगेपछि एक मिनेट मौन धारण गरेका थिए।

त्यतिबेलासम्म १-० को अग्रता लिएको लिभरपुलले त्यसपछि २२ मिनेटमा मोहम्मद सलाहको गोलमार्फत अग्रता दोब्बर पार्यो।

६८ मिनेटमा सेडियु मानेले गोल गर्दै लिभरपुललाई ३-० ले अघि बढाए। ८५ मिनेटमा सलाहले अर्को गोल थप्दा लिभरपुफ ४-० ले विजयी भयो।

घरेलु मैदानमा प्राप्त यस महत्वपूर्ण जितसँगै लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ७४ अंक छ। यद्यपी सिटीले एक खेल कम खेलेको छ। सिटीले आज मध्यरात बिग्रटनसँग प्रतिस्पर्धा गर्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved