आजको मौसम- अधिंकाश स्थानमा सफा, केही स्थानमा सामान्य बद्ली

नेपालभ्युज

आजको मौसम- अधिंकाश स्थानमा सफा, केही स्थानमा सामान्य बद्ली

काठमाडौं। आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ। हिजो काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ। आज पनि बिहानैदेखि घाम चर्किएकाले अधिकतम तापक्रम बढ्ने मौसमविद्हरुको अनुमान छ। आज पहाडी क्षेत्रका केही ठाउँमा भने बेलुकीपख मौसम आंशिकदेखि सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना छ। तर, अन्य क्षेत्रको मौसम भने सफा रहने मौसमविद्ले बताएका छन् ।

गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ। अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ। नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved