सुनकोशीमा डुबेर एकको मृत्यु

नेपालभ्युज

सुनकोशीमा डुबेर एकको मृत्यु
सांकेतिक तस्वीर

सिन्धुपाल्चोक। सुनकोसी नदीमा पौडी खेल्न गएका एक जनाको डुबेर मृत्यु भएको छ। चौतारा साँगाचोकगढी नपा–९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशीमा पौडी खेल्न गएका २२ वर्षीय रञ्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो।

आज दिउँसो २ बजे दोलखा शैलुङ गाउँपालिका–७ मञ्जित बस्ने, शिवहरि श्रेष्ठका छोरा डुबेर बेपत्ता भएका थिए। ५ बजे डुबेकै स्थानबाट निजको शव फेला परेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

यस्तै बिहान ७ बजेको समयमा मेलम्ची नगरपालिका–५ सिन्धुकोट भदौरे बस्ने ३९ वर्षीय श्याम मिजारले धारिलो हतियार प्रयोग गरी आफ्नै घाँटी काटेका छन्। मिजारलाई हँसियाको प्रयोग गरी आफ्नै घाँटी काटी छट्पटाइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

उनलाई तत्कालै उपचारका लागि अस्पतालतर्फ पठाइएको र हाल गम्भीर घाइते भएका मिजारको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल)मा उपचार भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved