टोखामा व्यक्तिगत घटना दर्ता सप्ताह शुरु

आजदेखि यही ७ वैशाखसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको हो।

नेपालभ्युज

टोखामा व्यक्तिगत घटना दर्ता सप्ताह शुरु

काठमाडौं। काठमाडौंको टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको छ।

काठमाडौंको उत्तरी भेगमा रहेको टोखामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आजदेखि यही ७ वैशाखसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको हो।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका सबै वडामा जन्म, मृत्यु, बसाइँसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता शुरु गरिएको जानकारी दिए। उनले व्यक्तिगत घटना दर्ता सप्ताहमा सहभागी हुन सम्पूर्ण टोखाबासीलाई अनुरोधसमेत गरेका छन्।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउन योग्यता पुगेका नागरिकलाई पनि आफ्नो विवरण वडा कार्यालयमा दर्ता गराउन अनुरोध गरेको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved