युरोपा लिगबाट बार्सिलोना बाहिरियो

नेपालभ्युज

युरोपा लिगबाट बार्सिलोना बाहिरियो

काठमाडौं । युरोपा लिग फुटबल प्रतियोगिताबाट बार्सिलोनजा बाहिरिएको छ।जर्मनकी इन्ट्रयाक्ट फ्र्यान्कफ्रुटसँग दोस्रो लेगमा ३-२ ले पराजित भएपछि बार्सा प्रतियोगिताबाट बाहिरिएको हो।

पहिलो लेगमा दुबै क्लबले एक-एक गोलको बराबरी खेलेका थिए। बार्साको मैदान क्याम्प नोऊमा भएको खेलमा चौथो मिनेटमै फिलिप कोस्टिकले पेनाल्टीमार्फत फ्र्यान्कफ्रुटलाई अग्रता दिलाएका थिए। राफेल बोर्रेले ३६ औं मिनेटमा गोल गर्दै फ्र्यान्कफ्रुटलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ६७ मिनेटमा कोस्टिकले फेरि गोर गरे र ३-० को अग्रता दिलाए। बार्साले इन्जुरी समयमा लगातार दुई गोल गरेपनि खेलमा फर्कन त्यो पर्याप्त भएन। बार्साबाट सर्जियो बुस्केट र मेम्फिस डेपेले एक- एक गोल फर्काएका हुन्।

फ्र्यान्कफ्रुटले अब सेमिफाइनलमा इंलिस क्लब वेस्टह्‍यामको सामना गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved