प्रचण्डप्रति रावलको व्यंग्यः एमसीसीलाई लेखेको गोप्य पत्र पनि चुनावी तस्वीरमा राख्नुस् न

नेपालभ्युज

प्रचण्डप्रति रावलको व्यंग्यः एमसीसीलाई लेखेको गोप्य पत्र पनि चुनावी तस्वीरमा राख्नुस् न

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनाव प्रचार क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेकोप्रति नेकपा एमाले नेता भीम रावलले व्यंग्य गरेका छन्।

नेता रावलले माओवादी पार्टी र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव प्रचार गरिएको तस्वीरमा घिसिङको मात्र नभई एमसीसी पास गराउन देउवासँगै अमेरिकालाई पठाएको पत्र पनि राख्न कटाक्ष गरेका छन्। साथै उक्त गोप्य पत्र र भारतीय दूतावासको रात्रिभोजको तस्वीर पनि राख्न भनेका छन्।

नेपालका भारतीय राजदूत विनयमोहन क्वात्राको विदाइ गर्ने क्रममा रात्रिभोजमा प्रधानमन्त्री शेर बहादुर देउवा, माधव नेपाल, प्रचण्ड सुभास नेम्वाङलगायत नेताहरू गएको प्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका थिए। जसलाई उनले कूटनीतिक मर्यादा र स्वाभिमान ‘भातेकुर्सी’ले छोपिएपछि विदेशभक्तिको नग्न रूप देखिएको ट्वीट गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved