स्वास्थ अनुसन्धानको क्षेत्रमा क्रियाशील हुन वैज्ञानिकहरूलाई प्रधानमन्त्री देउवाको आग्रह

नेपालभ्युज

स्वास्थ अनुसन्धानको क्षेत्रमा क्रियाशील हुन वैज्ञानिकहरूलाई प्रधानमन्त्री देउवाको आग्रह
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा थप क्रियाशील भएर लाग्न नेपालका स्वास्थ्य वैज्ञानिकहरूलाई आग्रह गरेका छन्।

स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको आठौँ शिखर सम्मेलनलाई सोमबार शुभकामना सन्देश पठाउँदै उनले यस्तो आग्रह गरेका हुन्।
स्वास्थ क्षेत्रमा धेरै अनुसन्धान आवश्यक छ भन्‍ने पुष्टि कोरोना महामारीले पनि गरेको उनले बताए।

सरकारले पनि गुणस्तरीय स्वास्थ्य अनुसन्धानलाई प्रोत्साहन गर्ने जानकारी उनले दिए। उनले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा स्वास्थ्य नीति बनाउने जानकारी दिए।

स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खेलेको भूमिका प्रशंसनीय रहेको उनले बताए। उनले निरोगी नेपाल अभियान सञ्चालन भइरहेको भन्दै अभियानलाई सबैले साथ दिनुपर्ने उल्लेख गरे।

आधुनिक उपचार पद्धतिको विकाससँगै आयुर्वेदिक तथा वैकल्पिक उपचार पद्धतिको समेत प्रवद्र्धन गर्नुपर्ने उनको धारणा छ।

कार्यक्रममा प्रधानमन्त्री देउवाको सन्देश परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले वाचन  गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved