राप्रपा क्रान्तिकारी पार्टी हो, देश बेचेर खाने हैन : रेखा थापा

उनले अन्य पार्टीलाई जिताउनु भोट खेर फाल्नु भएको बताइन्। उनले भनिन्, ‘‘सधैँभरि तिनै थकित अनुहारलाई भोट दिन शरम लाग्दैन ?’’

नेपालभ्युज

राप्रपा क्रान्तिकारी पार्टी हो, देश बेचेर खाने हैन : रेखा थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य रेखा थापाले राप्रपा क्रान्तिकारी पार्टी भएको बताएकी छन्। उनले राप्रपा अन्य पार्टी जस्तो देश बेचेर खाने पार्टी नभएको बताइन्।

आइतबार हेटौँडामा सम्पन्न राप्रपाको कार्यक्रममा उनले आसन्न निर्वाचन सत्य र असत्यबीचको लडाईं भएकाले जनतामा परीक्षाको घडी शुरु भएको बताइन्।

कम्युनिष्ट विचारधारा बोकेर हिँड्दा त्यहाँ नातावादले देखेको उनले बताइन्। उनले अन्य पार्टीलाई जिताउनु भोट खेर फाल्नु भएको बताइन्। उनले भनिन्, ‘‘सधैँभरि तिनै थकित अनुहारलाई भोट दिन शरम लाग्दैन ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved