व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन सभामुखको आग्रह

कोरोनालगायत अन्य कारणबाट सङ्कटमा परेको नेपालको उद्यम तथा व्यवसाय क्रमशः लयमा फर्कंदै आएकाले नआत्तिइकन व्यावसायिक धर्म निर्वाह गर्न सभामुख सापकोटाले आग्रह गरे।

नेपालभ्युज

व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन सभामुखको आग्रह

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सको ७१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन्।

जलवायु परिवर्तनले खडा गरेको व्यवधानलाई पनि सहन गर्दै नयाँ सोच र व्यवहारका साथ अगाडि बढेमात्रै अर्थतन्त्रका आयाम विस्तार तथा विकास गर्नुपर्ने सभामुख सापकोटाको भनाइ थियो।

सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने सवाल गहन विषय भएकाले यसमा निरन्तर लाग्नुपर्ने र सबै सरोकारवाला निकायका पदाधिकारीको आचरणमा सुधार गर्नुपर्नेमा उनले जोड दिए।

कोरोनालगायत अन्य कारणबाट सङ्कटमा परेको नेपालको उद्यम तथा व्यवसाय क्रमशः लयमा फर्कंदै आएकाले नआत्तिइकन व्यावसायिक धर्म निर्वाह गर्न सभामुख सापकोटाले आग्रह गरे।

उनले कुशल व्यवसायी नै समाजको पथप्रदर्शकसमेत हुने भएकाले राज्यको नियम तथा कानून पालना गर्दै उद्यममा क्रियाशील हुन नेपालको व्यावसायिक क्षेत्रको ध्यानाकर्षण गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved